ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लियो ,आयोजना ७३ मेगावाट क्षमताको

ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लियो ,आयोजना ७३ मेगावाट क्षमताको

ताप्लेजुङ, जेठ ६ । ७३ मेगावाट क्षमताको ताप्लेजुङको मध्य तमोर जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ ।

आयोजनाको मूख्य प्रवर्द्धक सानिमा हाईड्रो एन्ड ईन्जिनियरिङ प्रालिले सन् २०२२ मा सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तिव्रता दिइएको जनाएको छ । यो आयोजनाको काम डेढ महिनाअघिबाट मात्र सुरु भएको हो ।

निर्माण सुरु भएको छोटो अवधिमै २७७ मिटर लामो सुरुङ मार्गमध्ये १६० मिटरको काम पूरा भएको छ । चिनियाँ निर्माण कम्पनी झिझोङ फस्ट हाईड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो ।

कुल १२ अर्ब रुपैयाँ बराबरको लागतमा निर्माण हुने यो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत नेपाल ईन्भेस्टमेन्टसहितका ७ वटा बैंकको लगानी हुने जनाइएको छ ।

आयोजनाको मूख्य संरचनाहरु मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ । यो आयोजनाबाट उत्पादित बिजुली मैवाखोला गाउँपालिकाको ढुंगेसाँघुमा निर्माण हुने सवस्टेसनमा पु¥याएर राष्ट्रिय प्रसारणलाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्