नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएन

नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएन

पाँचथर, जेठ ६ । नेपालमै पहिलो पटक पाँचथरबाट वितरण गरिएको राष्ट्रिय परिचयपत्र अझै प्रयोगमा आएको छैन ।

डिजिटल कार्डको रुपमा लिइएको परिचयपत्र कुनै पनि प्रयोगमा आउन नसकेको हो । यो कार्ड पढ्ने मेसिन नभएकाले प्रयोगमा आउन नसकेको बताइएको छ । पाँचथरमा ५६ हजारले राष्ट्रिय परिचयपत्र पाएका छन् ।

गत मंसिर ३ गते गृहमन्त्री रामबहादुर थापाले तामाझामका साथ सदरमुकाम फिदिमबाट नेपालमै पहिलो पटक राष्ट्रिय परिचयपत्र वितरणको सुरुआत गरेका थिए ।

गृहमन्त्रीलगायतले राष्ट्रिय परिचयपत्रको उपयोगिताबारे चर्चा गरे पनि वितरण भएको पाँच महिनामा पनि प्रयोगमा आउन नसकेको हो । राष्ट्रिय परिचयपत्रसम्बन्धी कानुनले अझै पूर्णता पाएको छैन ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले डिजिटल कार्ड भएकाले यसमा सेवा थप्न बाँकी रहेको बताए ।

सेवाप्रदायक निकायमा कार्ड पढ्ने मेसिन राख्न आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्