बिराटनगरमा गर्मी बढ्यो , यस्तो छ तीन दिनको मौसम अपडेट

बिराटनगरमा गर्मी बढ्यो , यस्तो छ तीन दिनको मौसम अपडेट

काठमाडौं आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेतापनि दिउँसो वा साँझ पख पहाडी भेगमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

यसैगरी भोलि मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जनाइएको छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।  यस्तै मंगलबार  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी, बुधबार  दिउँसो देशको  पूर्वी  तथा  पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने जनाइएको छ । देशका पहाडी भूभाग लगायत पूर्वी तराईका थोरै स्थानहरुमा  मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।  यस्तै, बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने तथा  देशका पहाडी भूभागका केही  स्थानमा  मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्