मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने

मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने

काठमाडौं जेठ ६ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्र्टी (एमाले) का महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुङ्गा’  निर्माण गरेका थिए । यद्यपि उक्त चलचित्र सुरुमा हल रिलिज गर्न दिइएको थिएन ।

‘दासढुङ्गा’को दोस्रो भागले उक्त दुर्घटनापछि त्यसले पारेको प्रत्यक्ष असरलाई उठाउने बताइएको छ । यसका लागि अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । कुमार भट्राईले निर्देशन गर्ने चलचित्रले राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटनालाई केलाउने बताइएको छ । चलचित्रले दासढुङ्गा हत्या हो कि दुर्घटना ? भन्ने प्रश्नको जवाफ खोज्ने निर्माता विष्टले बताए ।

कास्ट एण्ड क्रु एक हप्तामा फाइनल हुने निर्माता विष्टले जानकारी दिए । चलचित्रमा केही कलाकार पहिलो भागकै हुने छन् भने केही नयाँ हुने विष्टको भनाइ छ । ‘दासढुङ्गा’मा दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक लगायतको अभिनय थियो ।
यसैबीच निर्माण पक्षले चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्