पत्रकार सम्मेलनबाटै संघर्ष समितिका सचिव पक्राउ

<span class='c1'>पत्रकार सम्मेलनबाटै संघर्ष</span> <span class='c2'>समितिका सचिव पक्राउ</span>

दमक, ७ जेठ । दमकमा निर्माण हुने भनिएको औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत मंगलबार पत्रकार सम्मेलन स्थलबाट नै पक्राउ परेका छन्।

औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा अधिग्रहण गर्दा आफूहरू मारमा परेको भन्दै पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गर्दै गर्दा उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सिबीआइको टोलीले पक्राउ परेको हो।

बस्नेतमाथि ठगीको उजुरी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामल सुब्बाका अनुसार मोहनकुमार खड्काको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो। बस्नेतबिरुद्ध खड्काले चेक बाउन्सको उजुरी हालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्