ओखलढुंगा सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन

ओखलढुंगा सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन

ओखलढुंगा , ७ जेठ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिगले ओखलढुंगाको सदरमुकाममा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

लिगको ओखलढुंगा–सोलुखुम्बु जिल्ला समितिले मंगलबार भ्रष्टाचारी, कालोबजारीको अन्त्य र संसदीय व्यवस्था खारेजीको माग गर्दै प्रर्दशन गरेको हो।
वर्तमान सरकार कम्युनिष्टका नाममा दलाल र फाँसीवादी शैलीमा चलेको भन्दै संसदीय व्यवस्था खारेजीको माग लिगले राखेको छ। युवा लिगले सदरमुकाममा विरोध प्रर्दशन गरेर भ्रष्टाचारीलाई कारवाही सुरु गर्ने चेतावनी समेत दिएको छ।

लिगको विरोध र्‍यालीलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका ओखलढुंगा–सोलुखुम्बु सेक्रेटरी रुद्रकुमार फुयलले नयाँ जनवादी क्रान्ति सुरु भएको दावी गरे। उनले भने,‘संसदीय व्यवस्था खारेज गरेर जनवादी व्यवस्था लागु गर्न जस्तोसुकै वलीदान गर्न तयार छौं।’

दुई जिल्लाका युवा भेला पारेर सदरमुकाममा प्रदर्शन गरेको नेकपा क्रान्तिकारी माओवादीले मंगलबारबाटै युवा लिगको जिल्ला अधिवेशन समेत सुुरु गरेको छ। अधिवेशन दुई दिनसम्म चल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्