भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान, एकजना हतियारधारी पक्राउ

भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान, एकजना हतियारधारी पक्राउ

विराटनगर, ७ जेठ ।
भोजपुरमा प्रहरी र हतियारधारी बिच गोली हानाहान भएकोछ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र हतियारधारी समुह बिचमा गोली हानाहान भएको हो ।

भोजपुर ट्याम्के–मैयुम गाँउपालिका वडा नम्बर १ को मैयुमडाँडा मुनीको धोद्लेखानी जंगलमा हतियारधारी समूहहरु रहेको र हतियार सहित हिडडुल गर्ने गरेको पाईएपछि प्रहरी सो क्षेत्रमा गएको थियो । हतियार सहित स्थानीयलाई समेत त्रास फैलाएको सुचनाका आधारमा गएको प्रहरीमाथि हतियारधारी मध्येका एकजनाले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको नेपाल प्रहरीको टोलिले गस्ती गर्दै गएको प्रहरी टोलीले लुकेर जंगलमा बसेको १०–१५ जनाको संख्यामा रहेका हतियारधारी समुहलाई रोक्न आदेश दिँदै गर्दा हतियारधारीले गोली चलाएपछि प्रहरीले समेत जवाफी फायरिङ गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
समूह मध्येका एकजनाले आफ्नो कम्मरमा भिरेको हतियार निकाली प्रहरी टोलिलाई फाईरिङ गर्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरीले चलाएको गोली लागेर भोजपुर षडानन्द नगरपालिका वडा नं.२ बस्ने बर्ष ३२को तिर्थराज घिमिरेको बाँया खुट्टामा गोली लागेको छ । उनको साथमा रहेको एक थान कटुवा पेस्तोल सोही पेस्तोलमा लाग्ने ५ थान गोली, लामो बाईनाकुलर १ थान, डेटोनेटर ४ थान, डेटोनेटर कर्ड करिब २० मिटर, बारुद र नेपाल कम्युनिष्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ती समेत बरामद गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यस्तै पर्चा, पम्प्लेट समेत बरामद भएको, घाईतेलाई उपचारको लागि सदरमुकाम भोजपुर लगिएको छ । अन्य हतियारधारी समूह फरार भएकोले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्