पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीतालाई उपचार गर्न दमक ल्याइयो

पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीतालाई उपचार गर्न दमक ल्याइयो

दमक, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल किशोरीलाई थप उपचारका लागि दमक ल्याइएको छ।

घटनाका क्रममा भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमलाई मंगलबार अपरान्ह दमक ल्याइएको हो। उनलाई दमकस्थित लाइफलाइन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले सीताको हात भाँचिएको बताएका छन्। लाइफलाइनमा उनको उपचार भइरहेको छ। घाइते सीताले स्थानीयलाई बताएअनुसार अनुहार छोपेको व्यक्तिले धारिलो हतियार प्रहार गरी परिवारका सदस्यको हत्या गरेको थियो।

उनी विक्षिप्त रहेको भन्दै चिकित्सक र सुरक्षाकर्मीले भेटघाटमा कडाइ गरेका छन्। घटनापछि उनी त्रसित अवस्थामा रहेकी प्रहरीले जनाएको छ। हात भाँचिए पनि उनी खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्