पाँचथरमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईयो

पाँचथरमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईयो

विराटनगर, ८ जेठ । पाँचथरको आरुबोटेमा हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान ल्याईएको छ ।

हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको   हो । घटनास्थलमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

घाइते बालिकाको लाइफलाईन अस्पताल झापामा उपचार भइरहेको छ । सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका ९ जनाको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्