भोजपुरमा गोली लागेका विप्लव कार्यकर्ताको धरानमा मृत्यु

भोजपुरमा गोली लागेका विप्लव कार्यकर्ताको धरानमा मृत्यु

विराटनगर, ८ जेठ ।
भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका वडा नं. २ धोद्रे जङ्गलमा भएको दोहोरो भिडन्तमा परी घाईते भएका एकजनाको उपचारको क्रममा ज्यान गएको छ ।

सुरक्षाकर्मीसँगको मुठभेडको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता तीर्थराज घिमिरेको विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिएसपीले शिद्धराज न्यौपानेले जानकारी दिए । घटना स्थल टाढा भएको कारण बोकेर ल्याउँदा ढिला भएको र त्यहाँबाट धरानसम्म ल्याईएकोमा त्यही मृत्यु भएको डिएसपी न्यौपालेले बताए ।
गस्तीमा रहेको सुरक्षाकर्मीलाई फायर खोलेपछि जवाफी कारबाही गर्दा भोजपुरको षडानन्द नगरपालिका वडा नं. २ कुदाककाउलेका ३२ वर्षिय तीर्थराज घिमिरे घाइते भएका थिए ।
उपचारको क्रममा धरानको घोपा क्याम्प ल्याईएका उनको मृत्यु भएको हो । उनको तिघ्रामा गोली लागेको बताइएको छ ।
पहाडी क्षेत्रमा सुरक्षा कडा
विप्लवका हतियारधारी समूहको गतिबिधि बढेको सुचनाका आधारमा प्रहरीले उनीहरुको खोजीलाई ब्यापक बनाएको जनाएको छ । भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सिमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले सो क्षेत्रमा गस्ती बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्