घरेलु कामदारको रुपमा राखिएकी ८ बर्षिय बालिकाको विराटनगर ११ जनपथबाट उद्दार

घरेलु कामदारको रुपमा राखिएकी ८ बर्षिय बालिकाको विराटनगर ११ जनपथबाट उद्दार

सुमन सुस्केरा विराटनगर, ८ जेठ ।
विराटनगरमा बालबालिका श्रमिकको रुपमा नरहेको भनिएको लामै समय बिति सकेको छ । बिराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएसँगै बाल श्रमिक नभएको भनी बाहिर आएको भएपनि लुकीछिपी बालबालिकालाई घरेलु कामदारको रुपमा राख्ने गरेको पाईएको छ ।

घरेलु वालश्रमिकको रुपमा प्रयोग गरिँदै आएको एक आठ बर्षीया वालिकालाई आज विराटनगरबाट उद्दार गरिएको छ । सप्तरी राजविराज जमुनीकी आठ बर्षीया पार्वती मुखियाको विराटनगर ११ स्थित रामेश राउतको घरबाट उद्धार गरिएको हो । सप्तरी राजविराज घर भइ हाल विराटनगर ११मा राउतको घरमा डेरा गरी बस्दै आएका तेज नारायण देवको घरमा काम गर्दै आएकी बालिकालाई उद्दार गरिएको बिराटनगर महानगरपालिकाका बालबालिका शाखाका कर्मचारी किरण न्यौपानेले बताए ।
उद्दार भएकी बालिकालाई गतचैत्र १५ गतेबाट घरेलु वाल श्रमिकको रुपमा प्रयोग गरिदै आएको थियो । न्युन आर्थिक अबस्था भएको परिवारकी पार्वतीलाई पढाइदिने भन्दै ल्याएर श्रममा लगाएको भेटिएपछि बालिकाको उद्दार गरिएको न्यौपानेले बताए ।
सिविन विराटनगर, विराटनगर महानगरपालिका, प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाको पहलमा ति बालिकाको उद्दार भएकोे विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले बालबालिका श्रमिको रुपमा छैनन भनेर दाबी गरिँदै आएको भएपनि लुकाएर श्रमिकको रुपमा राखेको पाईएपछि अब यसको खोजीलाई तिब्र पारिने दाबी गरेका छन् ।

उद्धार गरेर सिविन नेपालमा राखिएकी वलिकाका अभिभावकलाई वोलाएर जिम्मा लगाउने र शिक्षाका लागि सहयोग गर्ने सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले जानकारी दिए । वालश्रम मुक्त घोषणा गरेको विराटनगर महानगरपालिकाले भने घरेलु श्रमिमको रुपमा प्रयोग गरेको कसुरमा देव परिवारलाई कारवाही प्रकृया अगाडी बढाईने जनाईएको छ । यसरी बालबालिकालाई श्रममा राख्ने देव दम्पती बिद्युत प्राधिकरणको पुर्ब कर्मचारी भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्