घुस लिएको भन्दै मेयर चौधरीले कर्मचारीलाई कार्यालयबाट निकाले, बिरोधमा कर्मचारी आन्दोलित

घुस लिएको भन्दै मेयर चौधरीले कर्मचारीलाई कार्यालयबाट निकाले, बिरोधमा  कर्मचारी आन्दोलित

इटहरी, ८ जेठ  । इटहरी उपमहानगरपालिकाका २ जना कर्मचारीलाई हातपात गरेको भन्दै इटहरी उपमहानगरका सबै कर्मचारी आन्दोलित भएका छन् ।

इटहरी उपमहानगरपालिका कर्मचारी परिवारको नाममा विज्ञप्ती जारी गर्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्दै कर्मचारीले साँझ साढे ५ बजेपछि नाराजुलुस गरेका थिए । घुस लिएको भन्दै मेयर द्वारिकलाल चौधरीले आज सबओभरसियर राम खड्कालाई कार्यलय बाहिरसम्मै आएर जबरजस्ती निकालेका थिए ।

नासु मनोज दाहाललाई कार्यकक्षमै पुगेर उनले हातपात गरेका थिए । मेयरका यस्ता गतिविधि अवाञ्छित, अलोकतान्त्रिक र आपराधिक हर्कत भएको भन्दै कर्मचारीले प्रेस विज्ञप्ती निकालेर आन्दोलित भएका छन् । ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्ने नारा लगाउँदै कर्मचारीले नगर परिसरबाट जुलुस निकाल्दै सडकसम्म आएर चर्को नाराबाजी गरेका थिए ।

इटहरी उपमहानगरपालिकाका कर्मचारी परिवारको नाममा कर्मचारीहरुले आजबाटै उपमहानगरका सबै २० वटै वडा समिति र नगरपालिकाको कार्यालयमा तालबन्दी गर्ने र भोलिबाट उपमहानगरको प्राङ्गणमा भेला हुने कार्यक्रम सार्वजनिक गरेका छन् । यता, मनोज दाहालमाथि भएको हातपातको विषयमा भने मेयर चौधरीले प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्