विराटनगर पिपलचोकको लक्ष्मीनारायण मन्दिरमा खतिवडा

विराटनगर पिपलचोकको लक्ष्मीनारायण मन्दिरमा खतिवडा

विराटनगर, ८ जेठ । विराटनगर पिपलचोक स्थित लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा कुमार खतिवडा चयन भएका छन् ।

समितिको उपाध्यक्षमा गोविन्द खनाल , शम्भु सुवेदी, महासचिवमा मनोजकुमार पोखरेल, सचिवमा मनोज भट्टराई र कोषाध्यक्षमा देवराज सुवेदी चयन भएका छन् ।समितिका सदस्यहरूमा दुर्गा पोखरेल, युवराज धिताल, गिता घिमिरे,रंजीता पराजुली, देवेन्द्र गुप्ता, अनन्त पराजुली, सोर्णा आचार्य र लक्ष्मी गुरागाई चयन भएको समितिका नवनिर्वाचित सचिव देवराज सुवेदीले जानकारी दिए ।

यसैवीच मन्दिरको मण्डलाभिषेक पनि सम्पन्न भएको छ । नव निर्मित मन्दिरको प्राणप्रतिष्ठा भएको ४५ दिन पछि मण्डलाभिषेक गर्ने प्रचलन रहेको छ । मण्डलाभिषेकका लागि दक्षिण भारतबाट विद्वानहरूसमेत उपस्थित भएका थिए । गत चैत १३ देखि १७ गते सम्म त्रिदण्डी श्रीमन्नारायण रामानुज जियर स्वामीजीको प्रमुख आथित्यमा मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न भएको थियो । प्राणप्रतिष्ठा मूल समारोह समितिका अध्यक्ष सुरेशराज शर्माले आय–व्ययको विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्