पाँचथरमा बुधबार फेरि युवाको शव भेटियो

पाँचथरमा बुधबार फेरि  युवाको शव भेटियो

फिदिम, ८ जेठ । : मंगलबार नौ जनाको हत्या र एकजनाको आत्महत्याको शोकमा रहेको पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ।

पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएका छन्। इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको स्थानीय विनोद आङ्देम्बेले जानकारी दिए।

थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरेर बसेका थिए। थेगिमलाई कोठामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

थेगिम एक महिना अघिमात्रै कोरियाबाट घर आएका थिए। थेगिमकै श्रीमतीले केही समय अघि मात्रै अर्कैसँग विवाह गरेर गएपछि उनी तनावमा रहेको स्थानीयको भनाइ छ।

थेगिमले बुधबार बिहान बैनी ज्वाइँ मणिचन्द्र चेम्जोङसँगै भात खाएका थिए। भात खाएपछि सम्पर्क बिहिन भएका थेगिमको खोजी गर्ने क्रममा कोठामै मृत अवस्थामा भेटिएको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए।

युवकको हत्या भएको वा आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुधबार मिक्लाजुङ गाउँपालिका ३ मा दुई परिवारका नौ जनाको मध्यरातमा हत्या भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्