बिद्यालयको ऋण तिरिदिने धनकुटाका वडा अध्यक्ष

बिद्यालयको ऋण तिरिदिने धनकुटाका वडा अध्यक्ष

धनकुटा, ९ जेठ । स्थानीयतहका जनप्रतिनिधिहरु भ्रष्टचार र अनियमिततामा संलग्न भएको गुनासो आउने क्रम बढ्दो छ ।

तर धनकुटा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष विकास घिमिरेले भने आफुले अहिलेसम्म प्राप्त गरेको सेवा सुविधावाट स्थानीय विद्यालयको ऋण तिरिदिएका छन् ।

स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्यवस्थापन गर्दा लागेको तीन लाख १८ हजार रुपैयाँ उनले आफ्नो पारिश्रमिकबाट तिरिदिएका हुन । अहिले धनकुटा नगरपालिकाले वडाध्यक्षहरुलाई मासिक १३ हजार ८ सय रुपैयाँ तलबको व्यवस्था गरेको छ ।

विद्यालयको लागि तिरेको ऋण घिमिरेको २३ महिना बराबरको सेवा सुविधा हो । विद्यालयमा रङ्गरोगन, छाना, कार्पेट, फर्निचरका सामाग्री, टीभी लगायतका सामाग्री खरिद गर्दा तिर्न नसकेको बक्यौताको रुपमा रहेको रकम उनले सहयोग गरेका छन् ।  आफुले शिक्षा हासिल गरेको विद्यालय ऋणमा डुबेकाले विद्यालयलाई समस्या नपरोस भनेर ऋण तिरिदिएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्