कतार विश्वकप फुटबल २०२२ : पुरानै ढाँचा अनुसार ३२ टिम मात्रै सहभागी हुने

कतार विश्वकप फुटबल २०२२ :  पुरानै ढाँचा अनुसार ३२ टिम मात्रै सहभागी हुने

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलमा पुरानै ढाँचा अनुसार ३२ टोलीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् ।विश्व फुटबल महासंघ फिफाले विश्वकप २०२२ मा ४८ टोली सहभागी गराउने योजना रद्द गरेसँगै विश्वकपमा ३२ टोली मात्रै हुने निश्चित भएको हो ।

विश्वकपमा ४८ टोली सहभागी गराउने योजना अब २०२६ को विश्वकपबाट मात्रै लागु हुनेछ ।

कतार विश्वकपमा सहभागि संख्या बढाउँदा खेलस्थल, व्यवस्थापन लगायतको समस्या आउने देखिएपछि तत्कालका लागि योजना होल्ड गरिएको हो । विश्वकपमा सहभागि टोली बढाउँदा कतारले अरबका अन्य छिमेकी मुलुकसँग मिलेर प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता थियो ।

तर कतारमाथि छिमेकी मुलुकहरु साउदी अरबिया, युएई र बहराईनले नाकाबन्दी लगाईरहेकोले विश्वकपमा सहकार्य अस्वभाविक देखिन्थ्यो ।

फिफाले अन्य छिमेकीहरु ओमन र कुवेत तत्काल विश्वकप आयोजना गर्न प्राविधिक हिसाबले असमर्थ देख्यो ।यसले ९ वर्षदेखि विश्वकपको तयारी गरिरहेको कतारलाई समस्या आउनसक्ने देखिएपछि फिफाले सहज माहोल बनाएको हो ।फिफाको निर्णयको स्वागत गर्दै कतारले आफ्नो देशमा हुने विश्वकप ३२ टोली सहभागि विश्वकपमध्ये अहिलेसम्मकै उत्कृष्ट बनाउने दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्