झापाको बाहुनडाँगीमा चार बयस्क हात्ती , स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन अनुरोध

<span class='c1'>झापाको बाहुनडाँगीमा चार बयस्क हात्ती ,</span> <span class='c2'>स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन अनुरोध</span>

भद्रपुर, जेठ १० गते । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए ।

हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेरा हालेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो ।

उहाँका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना भएकाले सो अवधिसम्म स्थानीयवासीलाई घरबाट बाहिर ननिस्कन र हात्तीलाई नजिस्क्याउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्