रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको मृत्यु

रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको मृत्यु

इलाम, १० जेठ । बाटो निर्माण गर्ने क्रममा रुख ढलेर लाग्दा विद्यालय जाँदै गरेका एक बालकको ज्यान गएको छ भने एक बालिका घाइते भएकी छिन् ।

रुखले लागेर घाइते भएका १२ वर्षीय भेषराज गजमेरको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै घाइते भएकी १४ वर्षीया कृतिका रसाइलीलाई थप उपचारका लागि बिर्ता सिटी हस्पिटल झापा लगिएको प्रहरी कार्यलय इलामले जनाएको छ ।

सूर्योदय नगरपालिका-६ तारगाउँको हर्कटेबाट थापा गाउँसम्म जाने भित्री सडक खन्ने क्रममा बाटोको किनारमा रहेको रुख ढलेको थियो । रुख ढल्दा विद्यालय जाँदै गरेका दुई जना बालबालिका घाइते भएका थिए ।

घटनापछि को १ ख २४२७ नम्बरको डाेजरका चालक २९ वर्षीय राजेन्द्र तामाङलाई नियन्त्रणमा लिइएको छ । यसअघि पनि बाटो निर्माण गर्ने क्रममा ढुङ्गाले लागेर एक बालिकाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्