सुनसरी, १२ जेठ ।
धरान उपमहानगरपालिका वडा नम्बर १ मा कान काटिएको अबस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । धरान–१४ विजयपुरका २९ वर्षीय निरज मगरलाई बिहान बाटोमा सुतिरहेको ठाउँमा बाँसको चिर्पटले हानेर कान काटिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ती युवाले सुतिरहेको ठाउँमा कसले कुट्यो भन्ने समेत थाहा नभएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानले बताए ।
उनी उपचार गरिदिनु प¥यो भन्दै अस्पताल पुगेका उनलाई अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । उनले बाँसको चिर्पटले हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी न्यौपानेले जनाए । देव्रेपट्टिको कानमा गहिरो काटिएको अवस्थामा फेला परेका उनको अवस्थामा सुधार आएको प्रहरीले जनाएको छ ।