सगरमाथा आरोहणका क्रममा सहयोगीसहित ८ जना आरोहीको मृत्यु

<span class='c1'>सगरमाथा आरोहणका क्रममा सहयोगीसहित</span> <span class='c2'>८ जना आरोहीको मृत्यु</span>

सोलुखुम्बु, १२ जेठ । सगरमाथा आरोहणका क्रममा सहयोगीसहित ८ जना आरोहीको मृत्यु भएको छ। सोलुखुम्बु प्रहरीले दिएको जानकारीअनुसार यसै सिजनमा विभिन्न कारणले उनीहरूको मृत्यु भएको हो।

८ जनामध्ये आइसल्याल्डका एक आरोही सेनलहेस हराइरहेका छन्। शुक्रबार मात्रै सगरमाथाको आधार शिविरमा अत्यधिक चिसोले प्रख्यात माउन्टेन गाइड ध्रुव विष्टको निधन भएको पर्यटन विभागले जनाएको छ। सगरमाथाको तेस्रो आधार शिविरमा बिरामी परेपछि विष्टलाई तल झार्ने क्रममा स्वास्थ्य कम्जोर बनेर निधन भएको बताइएको छ। केही आरोहीको आरोहण सकेर फर्कने क्रममा मृत्युको भएको छ भने केही आरोहीको शिखरतर्फ जानेक्रममा बाटैमा मृत्यु भएको बताइएको छ। पदप्रदर्शकदेखि आरोहीको मृत्युको कारण एउटै नभएको बताइएको छ।

मृत्युहुनेहरू सबैभन्दा धेरै भारतका छन्। कतिपय सञ्चारमा माध्यमले यो सिजनमा १२ जनाको मृत्यु भएको जनाएको छ। तर, पर्यटन विभागले आठ जनाको मृत्यु भएको पुष्टि गरेको छ। सगरमाथाको शिखरमा जाने क्रममा ट्राफिक जाममा परेकाले मृत्यु भएको भन्ने समाचारसमेत गलत भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले दावी गरिने। पर्यटन विभागले एक विज्ञप्तिनै जारी गरी मृत्यु कारण आरोहणका क्रममा ट्राफिक जाम नभएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्