रोकिएन प्रदेश नम्बर १ मा पनि बलात्कारका घटना , उदयपुरबाट २ पक्राउ परे

रोकिएन प्रदेश नम्बर १ मा पनि बलात्कारका घटना , उदयपुरबाट २ पक्राउ परे

उदयपुर, जेष्ठ १३ गते ।

उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रहरीले जवरजस्ती करणीको आरोपमा आइतवार २ जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१६ सिखानी बस्ने ४३ बर्षीय भिम बहादुर तामाङ र त्रियुगा नगरपालिका-७ पिपल चोक बस्ने बर्ष ५२ को धनबहादुर दनुवार पक्राउ परेका हुन् ।

आरोपित तामाङले अपरान्ह ४ बजे सोही नगरपालिकामा पर्ने कसेनि खोला नजिकको जंगलमा अन्दाजी ३०/३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको भनी आफन्तले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो भने दनुवारलाई १७ बर्षीया बालिकालाई राती पौने ९ बजे पिपल चोक नजिक खेतमा जवरजस्ती करणी गरेको भनि बालिकाकका अभिभावकले दिएको जानकारीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्