सुनसरीको ईटहरीबाट लागूऔषध सहित एक पक्राउ

सुनसरीको ईटहरीबाट लागूऔषध सहित एक पक्राउ

सुनसरी, जेष्ठ १४ गते ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो ।

दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट-१ सय ३६ चक्की र डाईलेक्स डि.सी. ४ बोतल बरामद गरेको थियो । लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्