ईटहरीमा यस्तो : लागूऔषध सहित मेडिकल हल संचालक पक्राउ परे

<span class='c1'>ईटहरीमा यस्तो :  लागूऔषध सहित</span> <span class='c2'>मेडिकल हल संचालक पक्राउ परे</span>

सुनसरी, जेष्ठ १६ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तिनगरबाट प्रहरीले ठुलो परिणामको प्रतिबन्धित लागूऔषध सहित मेडिकल हल संचालकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा दुर्गा मेडिकल हल संचालन गर्दै आईरहेका सुनसरी देवानगञ्ज गाउँपालिका-७ बस्ने बर्ष ४० को बिकाश थान्दारलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त मेडिकल पसलबाट अवैध लागूऔषध नाईट्राभेट-३ हजार चक्की, लुपिजेसिक-१ सय ९९ एम्पुल, फेनारगन-१ सय ९६ एम्पुल र डाईजेल्याव-१ सय ९३ एम्पुल बरामद गरेको छ । लागूऔषध सहित पक्राउ परेका मेडिकल संचालक थान्दारलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्