ईलाम, १७ जेठ ।
ईलाम नगरपालिका १२ साडुम्बा बस्ने ४० बर्षीय सुक बहादुर भन्ने पूर्ण बहादुर लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ । लिम्बुलाई जेष्ठ १४ गते स्थानीय २५ बर्षीय बिनोद राईले खुकुरी प्रहार गरी गम्भीर घाईते बनाएका थिए । घाईते लिम्बुलाई उपचारको लागि झापाको बि.एण्ड.सी. अस्पताल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
खुकुरी प्रहार गरी फरार रहेका बिनोद राईलाई जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका १२ को जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेका राईका सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।