आइसिसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै , अस्ट्रेलिया-अफगानिस्तान र श्रीलंका- न्युजिल्यान्ड भिड्दै

आइसिसी विश्वकप क्रिकेट : आज दुई खेल हुँदै , अस्ट्रेलिया-अफगानिस्तान र श्रीलंका- न्युजिल्यान्ड भिड्दै

आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । अस्ट्रेलिया र अफगानिस्तानबीच एउटा प्रतिस्पर्धा हुनेछ भने अर्काे खेल श्रीलंका र न्युजिल्यान्डबीच हुनेछ ।

यसअघि हिजो भएको खेलमा वेष्ट इन्डिजले पाकिस्तानमाथि सहज जित निकालेको छ ।नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान सात विकेटले पराजित हुन पुग्यो । पाकिस्तानले २१ ओभर चार बलमा मात्र एक सय ५ रन बनाएर अलआउट भयो ।

निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनैपनि खेलाडी विच राम्रो साझेदारी हुने सकेन ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले तीन तथा ओसान थोमसले चार विकेट लिए भने आन्द्रे रसेलले दुई विकेट हात पारे । जवाफमा वेष्ट इन्डिजले १३ ओभर चार बलमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जीतमा क्रिस गेलले ५० तथा होपले ११ रन बनाए । यस्तै निकोलस पुरनले अविजीत २८ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्