दिक्तेल प्राविधिक शिक्षालयका दुई विद्यार्थीको खोलामा डुबेर ज्यान गयो

<span class='c1'>दिक्तेल प्राविधिक शिक्षालयका दुई विद्यार्थीको</span> <span class='c2'>खोलामा डुबेर ज्यान गयो</span>

खोटाङ, १८ जेठ ।  विद्यालय भ्रमणमा गएका दुई जना विद्यार्थीको खोलामा डुबेर ज्यान गएको छ । भ्रमणमा गएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४, खाल्लेका एलिस बस्नेत र १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको हाे ।

शनिबार दहमा पौडी खेल्ने क्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सब-ओभरसियर अध्ययनरत दुई विद्यार्थीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताउनुभयो ।

शिक्षालयले व्यवहारिक भ्रमणका लागि ३५ जना विद्यार्थीको टोलीलाई साप्सु कालिका हाइड्रोपावर लगेको थियाे । त्यही समयमा उनीहरु पौडी खेल्ने क्रममा दहमा डुबेका हुन् । तीन जना विद्यार्थी दहमा गएकोमा दुई जना विद्यार्थीको डुबेर ज्यान गएको हो ।

सुरुमा डुबेका विक्रमलाई बचाउन दहमा जाँदा एलिस पनि डुबेको भन्दै तेस्रो विद्यार्थीले शिक्षक तथा साथीभाइलाई खबर गरेका थिए । खबर पाएपछि घट्नास्थल पुग्दा उनीहरु दुवै मृत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्