विश्वकप क्रिकेट अपडेट :अष्ट्रेलिया र न्युजिल्याण्डको विजयी सुरुवात,आज बंगलादेश र दक्षिण अफ्रिका भिड्ने

विश्वकप क्रिकेट अपडेट :अष्ट्रेलिया र न्युजिल्याण्डको विजयी सुरुवात,आज बंगलादेश र दक्षिण अफ्रिका भिड्ने

काठमाडौं जेठ १९ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डले विजयी सुरुवात गरेका छन् ।

हिजो भएका खेलमा साविक विजेता अष्ट्रेलियाले अप्mगानिस्तानलाई ७ विकेटले हरायो ।

इङ्ल्याण्डको ब्रिस्टोलमा अफगानिस्तानले दिएको २ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले ३४ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।

अष्ट्रेलियाको जितमा डेभिड वार्नरले अविजित ८९ रन बनाउँदा आरोन फिन्चले ६६ रनको योगदान दिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३८ ओभर २ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो ।

एक दिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करणमा न्यूजिल्याण्डले पनि शानदार सुरुवात गरेको छ ।

हिजो भएको खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै न्यूजिल्याण्डले सुखद सुरुवात गरेको हो ।

वेल्सको कार्डिफमा श्रीलंकाले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।

उसका लागि मार्टिन गुप्टिलले अविजित ७३  रन जोड्दा कोलिन मुन्रोले ५८ रन बनाए ।

विश्वकप क्रिकेटमा आज बंगलादेश र दक्षिण अफ्रिका भिड्नेछन् ।

पहिलो खेलमा इङ्ल्यान्डसँग हारेको दक्षिण अफ्रिकाको यो दोस्रो खेल हो भने बंगलादेशको यो पहिलो खेल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्