चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप, बुवा भन्छन”छोरालाई फसाउन खोजियो”

चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप, बुवा भन्छन”छोरालाई फसाउन खोजियो”

एजेन्सी । ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारलाई बलात्कारको आरोप लागेको छ । उनीमाथि एक ब्राजिलकी महिलाले पेरिसको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् । घटनाको उजुरी पनि ब्राजिलमै भएको छ ।

 

 

बलात्कारको आरोपबारे बोल्दै नेमारका पिताले आफ्नो छोरालाई ‘फसाउन षड्यन्त्र’ भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले शनिबार नेमारमाथिको उजुरीसम्बन्धी कागजात प्राप्त गरेका छ । कागजात अनुसार घटना मे १५ रात ८ः२० बजे पेरिसको एक होटलमा भएको थियो । नेमार पेरिसको पीएसजी क्लबबाट खेल्छन् । प्रहरी कागजात अनुसार पीडित भनिएकी महिलाले शुक्रबार साओ पाओलो सहरमा घटनाको उजुरी दिएकी थिइन् ।

अन्तर्राष्ट्रिय संचार माध्यम गार्डियनले घटनाबारे नेमारको प्रतिनिधिसँग प्रतिक्रियाको आग्रह गर्दा कुनै जवाफ नआएको लेखेको छ ।

हालसम्म नेमारको पक्षबाट उनका पिता नेमार डोस सान्तोषले मात्र बोलेका छन् ।  उनले एक टेलिभिजन अन्तरवार्ताको क्रममा आफ्नो छोराले कुनै गल्ती नगरेको बताए । सान्तोष छोरा नेमारका एजेन्ट पनि हुन् ।
“यदी हामीले सत्यलाई चाडो भन्दा चाडो देखाएनौं भने यो बढेर बिकराल हुनेछ । यदी नेमारको ह्वाटएप मेसेज देखाउनुपर्यो र ती महिलासँगको सम्वाद देखाउनु पर्यो भने पनि हामी देखाउनेछौं,’ उनले टीभी व्याण्डसँग भने ।

आरोप लगाउने महिलाले नेमारसँगको इन्स्टाग्राम मेसेज आदान–प्रदानपछि दुईबीच फ्रान्समा भेट भएको बताएकी छिन् ।

महिलाले प्रहरीलाई बताए अनुसार ग्यालो नामक नेमारका एक प्रतिनिधिले उनको पेरिससम्मको टिकट काटिदिएका थिए । त्यस्तै पेरिस पुगेपछि बस्ने बासस्थान स्वरुप ‘होटल सोफिटेल पेरिस आर्क डु ट्रिओम्फ’को एक कोठा बुक पनि उसैले गरिदिएको उनले बताइन् ।

महिलाले प्रहरीलाई दिएको उजुरीमा भेटबारे विस्तारमा बताएका छिन् । उनका अनुसार भेटपछि दुई जनाले ‘एक अर्कालाई छोएको तर लगतै नेमार उग्र भएको र इच्छा विपरित हिंसात्मक रुपमा यौन सम्पर्क राखे ।’

प्रहरी कागजातमा महिलाले दुई दिनपछि पेरिस छाडेको र ब्राजिल फर्किएको बताइएको छ । त्यस्तै उजुरीमा उनले पेरिसमा निक्कै भयभित भएका कारणले त्यहाँ उजुरी हाल्ने होस नभएको उल्लेख छ ।
प्रहरी कागजातमा अनुसन्धानको क्रममा महिलालाई चिकित्सकीय जाँच गरिने लेखिएको छ ।

नेमार हाल ब्राजिलमै छन् । उनी अर्को हप्ताबाट सुरु हुने दक्षिण अमेरिकी फुटबल च्याम्पियनसीप अर्थात कोपा अमेरिकाको तयारी गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्