सप्तरीमा आगलागी : पाँच घर जलेर नष्ट , सात लाख बराबरको क्षति

सप्तरीमा आगलागी : पाँच घर जलेर नष्ट , सात लाख बराबरको क्षति

सप्तरी जेठ १९ , घरमा विद्युत् चुहिएर भएको आगलागीका कारण सप्तरीको बोदेबरसाइन नगरपालिका–३ स्थित गौराटोलमा शनिबार राति पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय राशिन्द्र यादवको घरबाट सूरु भएको आगोले काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

आगलागीबाट करिब सात लाख बराबरको क्षति भएको पीडितहरुले बताएको छ । अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान आगलागीमा परी जलेर नष्ट भएको बताइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्