च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई , टोटेनह्याम २–० गोल अन्तरले हरायो

<span class='c1'>च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई ,</span> <span class='c2'>टोटेनह्याम २–० गोल अन्तरले हरायो</span>

म्याड्रिड, जेठ १९ गते ।

युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस वर्षको उपाधि इङ्लिस क्लब लिभरपुलले जितेको छ ।  स्पेनको म्याड्रिडमा शनिबार राति भएको फाइनल प्रतिस्पर्धामा लिभरपुलले टोटेनह्यामलाई २ – ० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो गोल २ मिनेटभित्रै गरेको लिभरपुल र टोटेनह्यामबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । पहिलो गोल लिभरपुलका प्रतिभाशाली खेलाडी एवं प्लेमेकर मोहम्मद सालेहले पेनाल्टी मार्फत गरेका थिए ।

डिबक्सभित्र साडिओ मानेको क्रस पासमा टोटेनह्यामका डिफेन्डर सिसोकोको हातमा बलले छोएका कारण लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

  इङलिस प्रिमियर लिगमा दोस्रो र तेस्रो स्थानमा रहेका यी दुबै टिमले खेल अवधिमा गोल गर्ने केही अवसर पाएका थिए तर गोल हुन सकेको थिएन । दुबै तर्फका गोलरक्षकले सुन्दर प्रदर्शन गरेका कारण प्रतियोगितामा धेरै गोल हुन पाएन ।     तर लिभरपुलका लागि स्थानापन्न खेलाडी डिभोक ओरिगीले ८७औं मिनेटमा गोल गरी लिभरपुलको जित सुनिश्चित गरेका थिए ।

लिभरपुलले यो सहित छ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।  (रासस/एपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्