पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको हत्या गर्ने पक्राउ

<span class='c1'>पाँचथरमा घाँटी रेटेर १५ वर्षिया</span> <span class='c2'>बालिकाको हत्या गर्ने पक्राउ</span>

पाँचथर १९ जेठ । पाँचथरमा घाँटी रेटेर १५ वर्षिया बालिकाको निर्ममतापुर्वक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । घटना पछि फरार रहेका पदम तामाङलाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको हो ।
गएको बैशाख २९ गते हिलिहाङ गाँउपालिका ४ स्थित कात्तिकेमा १५ बर्षीया शितल योङहाङको घाँटी रेटेर हत्या गरिएको थियो ।

सोही हत्याका मुख्य आरोपी तामाङलाई प्रहरीको बिशेष टोलीले दमकको एक होटलबाट पक्राउ गरेको हो । उनलाई तीन सातापछि पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनालाई प्रहरीले गम्भीरतापुर्वक लिदै अभियुक्तलाई पक्राउ गर्न विभिन्न ठाँउबाट २१ जनाको प्रहरी खटिएको पाँचथरका डिएसपि नरेन्द्र कुवँरले जानकारी दिए ।
उक्त घटनामा संलग्न फाल्गुनन्द २ का भगिरथ बास्तोला भोलीपल्ट नै समातिएका थिए भने मुख्य योजनाकार तामाङ फरार हुदा प्रहरीलाई निक्कै सकस भएको थियो । पक्राउ परेका बास्तोलाले यसअघि नै’आफूले समातेको र पदमले घाँटी रेटेको’ वयान दिइसकेका छन् । उनको पक्राउका लागि विद्यार्थी र नागरिक समाजले दबाब दिँदै आएको थियो । पदम र शीतलबीच प्रेम रहेको र त्यसमा केही खटपट आएपछि उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । तामाङको पक्राउ परेसँगै हत्याको मूलकारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्