झापा, १९ जेठ । झापा घर भएका दुई बाबु छोराको भारतमा रेलले किचेर ज्यान गएको छ ।
झापाको मेचीनगर–७ भान्साखोला घर भइ आफन्तकोमा गएका बेला पश्चिम बंगालको टिस्टामा रेलले किचेर ज्यान गएको भारतीय प्रहरीले जनाएको छ । बाबु छोराको ज्यान गएको छ भने श्रीमती गम्भीर घाईते भएकी छिन् । रेलले किचेर ज्यान जानेमा मेचीनगर–७ का ३३ वर्षीय इन्द्र श्रेष्ठ र उनका छोरा ११ वर्षीय रोहन श्रेष्ठ रहेका छन् ।
ईन्द्रकी श्रीमती डम्बरी श्रेष्ठको बिराटनगर उपचारको लागि ल्याईएको बताईएको छ । दुर्घटनामा ज्यान जाने दुबैको शव आवश्यक कानुनी प्रक्रिया पु¥याएर नेपाल ल्याइएको झापा प्रहरीले जनाएको छ । शव ल्याउने काम भईरहेको प्रहरीले जनाएको छ ।