नेपाल–भारतको सीमामा बिस्फोटक पदार्थससहित एक नेपाली पक्राउ

<span class='c1'>नेपाल–भारतको सीमामा बिस्फोटक पदार्थससहित</span> <span class='c2'>एक नेपाली पक्राउ</span>

झापा, २० जेठ । नेपाल–भारतको सीमाको भारतीय भूमिमा बिस्फोटक पदार्थससहित एक नेपाली पक्राउ परेका छन्।

कडभिट्टा–पानीटंकी नाकामा तैनाथ भारतीय एसएसबीले भारतबाट नेपालतर्फ आइरहेका भोजपुरका ३३ वर्षीयप्रसाद राईलाई पक्राउ गरेको हो। एसएसबीले राईको साथबाट बिस्फोटक पदार्थ नेगेल (९०) को ४० प्याकेट, १०० पिस विद्युतीय डेटोनेटर, नेपाली नागरिकको परिचयपत्र, मोवाइल फोनलगायतका सामग्री बरामद गरेको जनाइएको छ। मेघालयको सिलंगबाट नेपाल फर्किन लागेका राईमाथि एसएसबीले बोर्डरमा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा बिस्फोटक पदार्थ बरामद गरिएको एसएसबीका कमाण्डर राजीव राणाले जानकारी दिए। बिस्फोटक पदार्थसहित पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि खोडीबारी पुलिस थाना बुझाइसकेको कमाण्डर राणाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्