विप्लवकाे ‘चौकी आक्रमण’ पछि सोलुखुम्बुमा सुरक्षा सतर्कता बढाइयो

<span class='c1'>विप्लवकाे ‘चौकी आक्रमण’ पछि</span> <span class='c2'>सोलुखुम्बुमा सुरक्षा सतर्कता बढाइयो</span>

ओखलढुंगा, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकीमा आक्रमणको प्रयास गरेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव समूहको गतिविधि बढेको निष्कर्षसहित निगरानी बढाउने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले छेस्काममा विप्लव समूहको गतिविधि बढेकाले जिल्लाबाट थप टोली पठाइएको बताएको छ ।

मध्यराति २५–३० जनाको समूह आक्रमण गर्नका लागि चौकी पुगेको थियो । तर त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ । आक्रमणको सूचना पाएकाले प्रहरीहरु हतियारसहित सुरक्षित स्थानमा गइसकेका थिए, त्यसैले कब्जाको रणनीति असफल भएको बताइएको छ । कतिपयले आक्रमण नै भएको दाबी गरेपनि केही स्थानीयले आक्रमण नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्