काठमाडौं जेठ २३ । नेपालको राष्ट्रिय फुटबल टिमले आज चाइनिज ताईपेइसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
ताईवानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।विश्वकप छनोटको तयारी स्वरुप मैत्रीपुर्ण खेलका लागि नेपाली टिम चाईनिज ताईपेइ पुगेको हो । यसअघि नेपालले मलेसियासँग मैत्रिपूर्ण खेल खेलेको थियो ।
मलेसियासँगको खेल २–० ले गुमाएको नेपाल नयाँ प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा पहिलो जितको खोजीमा छ ।कालिनको नेतृत्वमा नेपालले कुवेतसँग खेलेको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
फिफा वरियतामा नेपाल भन्दा माथि रहेको चाईनिज ताईपेविरुद्व आजको खेल पनि नेपाली टोली र प्रशिक्षक कालिनको लागि चुनौतीपुर्ण हुने अनुमान गरिएको छ ।
फिफा वरियतामा ताईपेइ १ सय २५ औ स्थानमा छ भने नेपाल १ सय ६१ औ स्थानमा छ ।