सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल

सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल

एजेन्सी , बुधवार रिलिजमा आएको सलमान खान अभिनित फिल्म ‘भारत’ले उनी अभिनित अन्य फिल्मकै रेकर्ड ब्रेक गर्न सफल भएको छ ।

जिवनको ५३औँ बसन्तमा हिँडिरहेका बलिउड सुपर स्टार सलमान खानको फिल्म ‘भारत’ले पहिलो दिनमै बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न सफल भयो । यसअघि २०१६ को इदमा रिलिज भएको सलमानको फिल्म ‘सुल्तान’ले ३६.५४ करोड कमाएको थियो । यो सँगै ‘भारत’ सलमानको करिअरकै सर्वाधिक ठुलो ओपनर बनेको छ ।

अलि अब्बास जफरको निर्देशनमा बनेको फिल्ममा भारत–पाकिस्तान विभाजनको क्रममा बुवा र बहिनी हराएका एक पात्रको मानसिक र भौतिक यात्राको कथा रहेको छ। जसमा सलमानले मुख्य पात्रको भूमिका निभाएका छन् भने कट्रिना कैफ उनको अपोजिटमा रहेकी छिन् ।त्यस्तै हाँस्यकलाकार बनेर चर्चामा रहेका सुनिल ग्रोबर सलमानको साथीको भूमिकामा देखिएका छन् ।

अन्य कलाकारमा तबु, दिशा पटानी, ज्याकी श्रोफ लगायतका कलाकारको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्