विश्वकप क्रिकेट : आज दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै

<span class='c1'>विश्वकप क्रिकेट : आज दक्षिण</span> <span class='c2'>अफ्रिका र वेस्ट इन्डिज भिड्दै</span>

आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (सोमबार) दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दैछन् ।

 

 

रोज बल क्रिकेट मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित रहेको छ । यस विश्वकपमा दक्षिण अफ्रिका कमजोर देखिएको छ ।

हालसम्म विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले यसअघि खेलेका तीन खेलमा पराजित भईसकेको छ । उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पछि परेको थियो ।

तेस्रो खेलमा दक्षिण अफ्रिका भारतसँग ६ विकेटले पराजित भयो । अब अघिल्लो चरणमा पुग्न दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजविरुद्घको खेल जित्नुको विकल्प छैन ।

यसैगरी दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पनि यसपटक त्यति लयमा छैन । यस विश्वकपमा  वेस्ट इन्डिजले खेलेको दुई खेलमा एक जित र एक हार खेपेको छ । पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको वेस्ट इन्डिज दोस्रो खेलमा साविक विजेता अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो । वेस्ट इन्डिज सन् १९७५ र सन् १९७९ को विश्वकप विजेता टोली हो ।

यी दुई टोलीबीच खेलिएका पछिल्ला पाँचवटा एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले तीन जित हात पारेको छ । दुई खेलमा वेस्ट इन्डिज विजयी भएको छ ।  विश्वकपमा हालसम्म यी दुई टोली ६ पटक भिडेका छन् । जसमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिज दुई खेलमा विजयी भएको छ । दुवै टोलीको स्तर बराबर रहेकोले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्