विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध , अंक बाँडे

विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध , अंक बाँडे

काठमाडौं जेठ २८ । इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय  अन्तर्गत दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।

साउथह्याम्पटनमा गएराति वर्षा बाधक बनेपछि दक्षिण अफ्रिका र वेष्ट इन्डिजले एक–एक अंक बाँडेका छन् ।

प्रतियोगितामा लगातार तीन हार वेहोरेको दक्षिण अफ्रिकाले गएरातिको खेल रोकिएसँगै पहिलो अंक जोडेको छ ।

टस हारेर दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेको केहीवेरमै खेल रोकिएको थियो ।

खेल रोकिनुअघि दक्षिण अफ्रिकाले ७ ओभर ३ बलमा २९ रन जोड्दा २ विकेट गुमाइसकेको थियो ।

यो खेलसँगै वेष्ट इन्डिजले ३ खेलबाट ३ अंक जोडेको छ । अघिल्ला २ खेलमा वेष्ट इन्डिजले १ जित र १ हार व्यहोरेको थियो ।

विश्वकप क्रिकेटमा आज दुई एसियाली प्रतिद्वन्द्वी श्रीलंका र बंगलादेश भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्