बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक !

<span class='c1'>बलिउड अभिनेता अमिताभ बच्चनको</span> <span class='c2'>ट्वीटर अकाउन्ट ह्याक !</span>

मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ ।

टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गरेको थियो ।

ह्याकरले अमिताभ बच्चनको प्रोफाइल तस्वीर हटाएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखेको थियो ।

‘यो पुरै विश्वका लागि सन्देश हो,’ ह्याकरले अमिताभ बच्चनको ट्वीटरमा लेखेका थिए, ‘हामी टर्कीका फुटबलरप्रति आइसल्याण्डको गैरजिम्मेवार व्यवहारको निन्दा गर्छौं, हामी विस्तारै बोल्छौं ।’

युरो २०२० क्वालिफाइङ म्याच खेल्नका लागि आइसल्याण्ड गएको टर्किस फुटबल टिमलाई विमानस्थलमा गहन चेकजाँच गरिएको थियो ।

ह्याकरको पहुँचबाट अमिताभ बच्चनको ट्वीटर अकाउन्ट फिर्ता लिइएको भारतीय अधिकारीहरुले जनाएका छन् । ह्याकरले गरेका सबै ट्वीट हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्