विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका खेल्दै , दुबै टोलीलाई मौसमको चिन्ता

विश्वकप क्रिकेट : आज बंगलादेश र श्रीलंका खेल्दै , दुबै टोलीलाई मौसमको चिन्ता

एजेन्सी । इङल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बंगलादेश र श्रीलंका खेल्ँदैछन् ।  विश्वकप अन्तर्गत १६ खेलमा खेल्न लागेका यि दुबै टोलीलाई मौसमको चिन्ता छ ।  अहिलेसम्म २ खेल मौसमका कारण रद्ध गरिएका छन् । यसअघि मौसमका कारण अंक बाँडेको श्रीलंका चिन्तामा छ ।

बंगलादेशलाई पनि मौसम बाधक हुने डर छ । खेल नेपाली समयअनुसार दिउसो ३ बजे सुरु हुनेछ । दुबै टोली कठिन अबस्थामा छन् ।

बंगलादेशले अहिलेसम्म ३ खेलमध्ये १ मा जित र २ मा हार ब्यहोरेको छ । श्रीलंकाले १ खेलमा जित १ मा हार र वर्षा भएपछि १ खेलमा अंक बाडेको थियो । अर्को चरणको सम्भावना जीवितै राख्न दुबै टोलीले अब बाँकी ६ मध्ये कम्तिमा ५ खेल जित्नैपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्