१४ जेष्ठ २०७७, बुधबार

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्ने

काठमाडौं जेठ २९ । इङ्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्नेछन् ।

साविक विजेता अस्ट्रेलिया जारी प्रतियोगितामा चार खेलमा तेस्रो जितको खोजीमा छ । अघिल्लो खेलमा उसलाई भारतले हराएको थियो ।

उता पाकिस्तान भने प्रतियोगितामा दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग हारेको पाकिस्तिानले दोस्रो खेलमा इङ्ल्यान्डलाई हराएको थियो ।

श्रीलंका विरुद्धको तेस्रो खेल भने वर्षाले अवरुद्ध भएपछि दुबै टोलीले अंक बाँडेका थिए ।

विश्वकप क्रिकेटको जारी १२ औं संस्करणका खेल वर्षाले प्रभावित हुन थालेका छन् । हिजो श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द भयो ।

यसअघि श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-5-26

Country Confirmed Death
Nepal7724
India1507934344
China841034638
Malaysia7604115
Qatar4720728
Australia7139103
US168091398913
Saudi Arabia76726411