विराटनगरको बजेट तथा नीति कार्यक्रमको सुझाव संकलन, नगरवासीको असन्तुष्टी, महानगर भन्छ, ‘सकारात्मक बनौँ’

विराटनगरको बजेट तथा नीति कार्यक्रमको सुझाव संकलन, नगरवासीको असन्तुष्टी, महानगर भन्छ, ‘सकारात्मक बनौँ’

विराटनगर, २९ जेठ ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आम नगरवासीसँग सुझाव संकलन गरेको छ ।
आज महानगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सरोकारवालाहरुसँग सुझाव लिएको हो । आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक गर्नु पुर्ब आम नागरिकको सुझावलाई संकलन गरेको हो ।

सुझावको क्रममा आम नागरिकले देखिने गरी महानगरपालिलकाले काम गर्न नसकेको गुनासो गरे । महानगरपालिका पारदर्शी हुन नसकेको, सुचना माग्दा पनि बेवास्ता गर्ने गरिएको, शिक्षा, स्वास्थ्य, सरसफाई र खानेपानीको बिषयलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
आम नागरिकमैत्री हुनु पर्ने स्थानीय सरकार नागरिकका गुनासामा केन्द्रीत नभएको होकी भन्ने आशंका उब्जिएकोछ, सुझाव दिन पुगेका घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नरेन्द्र हुमागाईँले भने ।
उनले छरिएर रहेका तथा दर्ता प्रक्रियामा नआएका उद्योगहरुलाई समेत कानुनी दायरामा ल्याउन आग्रह गरे । कार्यक्रममा भेषराज पोखरेल, उत्तम ढुङ्गेल लगायतले महानगरपालिकालाई नागरिक मैत्री भएर सानो काममा पनि ध्यान दिन आग्रह गरे । नागरिकका समस्या एकातिर काम अर्कोतिर हुँदा निराशा पैदा हुने भन्दै सडक, सरसफाई, शिक्षा, स्वास्थ्य , खानेपानी लगायतको बिषयलाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिए ।
सुझावका बारेमा जवाफ दिँदै बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले हुबहु कार्यान्वयनमा लैजाने आश्वासन दिए । बिराटनगर महानगरपालिकाले जनताको चाहना अनुसारको काम गर्दै आएको स्पष्ट पारे । सुशासनको पाटो महानगरको पहिलो शर्त भएको दाबी गदै मेयर पराजुलीले त्यसको लागि नगरवासी सबैको साथको खाँचो रहेको औल्याए । मेयर पराजुलीले गरेका राम्रा कामलाई मात्र पनि सही हो भनेर भनिदिने कोही नभएको गुनासो गर्दै सँधैै नराम्रो मात्र भयो भनेर भनिरहँदा जनप्रतिनिधिलाई पनि निराशा बनाउने अबस्था आएको बताए । ‘हामीले धेरै राम्रा काम पनि गरेका छौ, मेयर पराजुलीले भने, ति राम्रा कामहरु मध्ये नराम्रालाई नराम्रै भन्नुस् तर गरेका राम्रा कामलाई राम्रो भनिदिनु पर्र्छ ।’
विराटनगर महानगरपालिकामा आफु निर्वाचित भएर आएको २ बर्ष बितेको स्मरण गर्दे यो २ बर्षको बिचमा बिराटनगरको बिकाससँग जोडिएका धेरै ठुला योजनाहरु आफुले ल्याएको बताए ।
उपमेयर ईन्दीरा कार्कीले गत बर्षहरुमा आएको बजेट तथा नीति कार्यक्रमहरुमा यो बर्ष बृद्धी भएर जाने बताईन् । महिलाका सचेतना, बालिका बचाउ अभियानसँगै त्यो भन्दा प्रभावकारी कार्यक्रमहरु ल्याईने उपमेयर कार्कीको भनाई छ । तपाईहरुले दिएका सुझावलाई हामीले लेखेर राखेका छौ, उपमेयर कार्कीले भनिन्, प्राथमिकताका आधारमा ती सुझावहरुलाई क्रमश कार्यान्वयनमा लग्दै जानेछौँ ।
प्रमुख प्रशासकिय अधिकृत एकदेब अधिकारीले बिराटनगर महानगरपालिकाले डिजिटलाईज प्रबिधिमा जानका लागि कामहरु शुरु गरिसकेको जानकारी दिए । विराटनगरको तारिणी प्रसाद कोईराला संचारग्राम, गुरुकुल नाटक घर, डि प्लट हटाएर महानगरको राजश्व बढाउने काम समेत भएको बताए । त्यस्तै एक बर्षको अबधिमा महिला साफ च्याम्पियन्सीप गराएको, बिरेन्द्र सभागृहको स्तरोन्ततीका लागि काम अघि बढेको लगायतका कामहरु देखिने खालका काम भएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्