बिराटनगरमा डेंगु नियन्त्रण गर्न बिराटनगर महानगरपालिकाले यसो गर्दैछ ….

बिराटनगरमा डेंगु नियन्त्रण गर्न बिराटनगर महानगरपालिकाले यसो गर्दैछ ….

बिराटनगर जेठ ३० , बिराटनगरमा डेंगु फैलिएपछि बिराटनगर महानगरपालिकाले डेंगु नियन्त्रण गर्न २० जनाको टोली बनाएको छ । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख लजिता योन्जनको नेतृत्वमा उक्त टोली गठन गरिएको छ ।

बिराटनगर महानगरपालिका मेयर भिम पराजुलीले आवर बिराटनगरसंग कुरा गर्दै भने "अहिले बिराटनगरमा डेंगु नियन्त्रणका लागि डेंगुको लार्भा "सर्च एण्ड डिस्ट्रिवाई" गर्ने अभियान चलिरहेको छ"। बिभिन्न ४ टोली गठन गरी अहिले बिराटनगरका वाड वाडमा जनचेतना साथै मालाथिन फगी स्प्रे गर्ने काम अघि बढेको छ ।

महानगरले बुधबार विराटनगरको वडा नम्बर १, २, ३, र १० मा जनचेतना साथै मालाथिन फगी स्प्रे गरेको छ । यस्तै ,  ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा, यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ ।

 

हाल बिराटनगरको नोबेल अस्पतालमा ७ जना र बिराट अस्पतालमा १ जना डेंगु रोगबाट प्रभावितको उपचार भैरहेको छ ।

साथै नगरपालिकाले नगरवासीलाई घरभित्र तथा बाहिर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्