विराटनगरका युवा संदीप राउत सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै

विराटनगरका युवा संदीप राउत सार्क शिक्षा सम्मेलनमा सहभागी हुँदै

बिराटनगर जेठ ३० ,  सीआइएस एटुके द्वारा आयोजना गरिएको विकिमिडिया सार्क शिक्षा सम्मेलनमा विराटनगरका युवा संदीप राउत भाग लिन जाने भएका छन् । यही जुन २० देखि २२ तारिखसम्म चल्ने शिक्षा सम्मेलन भारतको बेङ्गलोर सहर स्थित क्राइस्ट विश्वविद्यालयमा हुने भएको छ ।

उक्त सम्मेलनमा भारत, श्रीलंका, भुटान, नेपाल, बङ्गलादेश र अफगानिस्तानका विकिपिडियनहरू सहभागी रहनेछ । राउतलाई पूर्ण छात्रवृत्तिमा यस सम्मेलनका लागी चयन गरिएको हो । विकिपीडिया शिक्षा कार्यक्रम र विभिन्न सामुदायिक सदस्यहरु वा भाषाहरु द्वारा एशियामा हुने गतिविधिहरु को जागरूकता बढाउने यसा कार्यक्रम को उद्देश्य रहेको छ ।

हाल राउत विकी जागरूकता अभियानका सञ्चार प्रमुखका रुपमा काम गर्दै छन् र “वर्ड विङ्ग्स्” का संस्थापक समेत रहेका छन् जुन पूर्वी नेपालमा पहिलो पटक थालनी गरिएको ओपन स्टेज कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्