यस्तो पनि : महेन्द्रसिंह धोनीका ‘फ्यान’लाई निःशुल्क खाना खुवाउने रेस्टुरेन्ट

यस्तो पनि : महेन्द्रसिंह धोनीका ‘फ्यान’लाई निःशुल्क खाना खुवाउने रेस्टुरेन्ट

एजेन्सी । यदि तपाईं भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीको ‘फ्यान’ हुनुहुन्छ भने भारत पश्चिम बंगालमा रहेको शम्भु बोसको रेस्टुरेन्टमा सित्तैमा पेटभरी खाना खान पाउनुहुन्छ । धोनीको निकै ठूला प्रशंसक रहेका शम्भुले पश्चिम बंगालको अलीपुरद्वारामा रेस्टुरेन्ट खोलेका छन् । जसको नाम हो ‘एमएस धोनी रेस्टुरेन्ट’ । सञ्चालक शम्भु भन्छन्, ‘‘यसपालिको दुर्गापूजामा हामी दुई वर्ष पूरा गर्दैछौं । यहाँ यो होटल प्रसिद्ध छ । यहाँ खाना खानका लागि तपाईं पनि आउन सक्नुहुन्छ ।’’

यो रेस्टुरेन्टमा मुख्यरुपमा बंगाली परिकार र खाना नै बन्छ । रेस्टुरेन्टका पूरै भित्ताहरुमा महेन्द्रसिंह धोनीकै पोस्टर टाँसिएको छ । शम्भु भन्छन्, ‘‘मेरो घरमा पनि यस्तै छ । धोनीलाई देखेर मैले धेरै कुरा सिकेको छु । म एकदिन उनीसँग भेट्न चाहन्छु । तर स्टेडियममा गएर म्याच हेर्न मसँग पैसा छैन ।’’ शम्भु थप्छन्, ‘‘मलाई थाहा छ मेरो सपना कहिल्यै पूरा हुँदैन । तर कुनैदिन उनीसँग भेट भयो भने मेरो रेस्टुरेन्टमा आउन निमन्त्रणा गर्नेछु । मलाई थाहा छ, धोनीलाई माछा र भात निकै मनपर्छ ।’’

सन् २०११ सम्म शम्भु चियाको पसल चलाउँथे । त्यतिबेला उनको पसलमा धोनीको सानो पोस्टर थियो । तर उनको कुनै परिचय थिएन । उनले भने, ‘‘मैले २०११ को विश्कप साथीहरुसँग चिया पसलमै हेरेको थिएँ । त्यो रात म कहिल्यै भुल्न सक्दिन । विश्वकप जितेपछि म खुशीले निकै रोएको थिएँ ।”
-आजतकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्