भारतीय भन्सार र एसएसबीको विवाद चुलिँदा जोगवनी नाका ठप्प, सवारी आउजाउमा रोक

भारतीय भन्सार र एसएसबीको विवाद चुलिँदा जोगवनी नाका ठप्प, सवारी आउजाउमा रोक

विराटनगर, ३० जेठ । नेपाल–भारत सिमा क्षेत्र जोगवनी नाका बिहानै देखि ठप्प भएको छ । भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबी बिच उत्पन्न समस्याका कारण नेपाल तर्फ आउने सामनहरु भारतीय भुमीमा नै रोकिएका हुन् । एसएसबी र भारतीय भन्सार बिचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सिमा नाकामा परेको हो ।

भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालबहाक सवारी साधनहरु बोर्डरमै रोकिएको छ भने नेपालबाट फर्कने क्रममा रहेका सवारी साधनपनि नेपाल तर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता मनीराम पौडेलले बताए ।
नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने गर्ने दुई सय बढी मालबहाक सवारी साधनहरु बिच बाटोमै अलपत्र परेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर– १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्