ईमोबाट २५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने विराटनगरका निरज सहित दुईजना पक्राउ

ईमोबाट २५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने विराटनगरका निरज सहित दुईजना पक्राउ

विराटनगर, ३० जेठ । ईमो मार्फत ठगी गर्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस १५ गते तपाईको नाममा चिठा परेको छ भनि ठगी गर्ने २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । पक्राउ पर्नेमा एकजना बिराटनगर महानगरपालिका र एकजना धनपालथान गाउँपालिकाका रहेका छन् ।
यस्तो छ घटनाको प्रकृति
इलामको माई नगरपालिका वडा नम्बर ८ बस्ने पासाङ शेर्पालाई एक अपरिचित ब्यक्तिले ईमो मार्फत म्यासेज पठाएर तपाईलाई २५ लाख चिट्ठा परेको छ भनी फोन गरे । तर उनलाई सो रकम लिनको लागि सर्त राखियो उक्त रकम निकाल्न लाग्ने दस्तुर (कर) वापतको रकम ४५ हजार रुपैयाँ जम्मा गर्नु पर्ने । सो बापत लाग्ने रकम निजको ग्लोबल आइ,एम.इ.बैंकको खातामा पठाइ दिनु भनेपछि गाउँका ति ब्यक्ति पासाङ शेर्पाले रकम पठाइ दिए । ति अपरिचित ब्यक्तिले करिब एक घण्टापछि फेरी फोन गरेर कम्प्युटरमा लक लागेको छ, अरु ७५ हजार पठाइदिन भनेपछि शेर्पाले त्यो रकम पनि पठाई दिए ।

उनले एकैदिन माग गरिए अनुसारको एकलाख २० हजार पठाएपछि ति चिठ्ठा पर्यो भन्ने ब्यक्ति सम्पर्क बिहिन भए । भएको पैसापनि सकियो त्यो ब्यक्तिपनि सम्पर्क बिहिन भएपछि शेर्पा तनावमा परेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न पुगे ।
शेर्पाले दिएको उजुरीका आधारमा प्रहरीले ठगी गर्ने उद्देश्यले रकम पठाउन खाता नम्बर उपलब्ध गराउने विराटनगर महानगरपालिका ११ बस्ने बर्ष २३ को निरज मरिकलाई पक्राउ गर्यो । बुधवार पक्राउ परेका मरिकसँगको प्रारम्भिक अनुसन्धानको क्रममा मरिकको नाममा रहेको खाता नम्बरमा रकम पठाउन लगाउने ब्यक्ति मोरङककै धनपालथान गाउँपालिका ६ बस्ने बर्ष ३६ को श्रवण मलहा रहेको पाएपछि प्रहरीले उनलाई समेत बिहिवार नै पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तिको साथबाट बिभिन्न ब्यक्तिका नागरिकता तथा ब्यक्तिगत परिचय पत्रका प्रतिलिपीहरू समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
श्रवण मलाह गत पुस २६ गते पनि ईमोबाट ठगीको काण्डमा पक्राउ परेका ब्यक्ति हुन् । विराटनगर महानगरपालिका ७ हाटखोलाबाट ईमो मार्फत ३० हजार रकम ठगी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान पश्चात मोरङ जिल्ला अदालतले गत माघ २२ गते मलाहलाई दुईलाख धरौटीमा छाडेको थियो । पक्राउ परेका ब्यक्तिको सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाईएको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्