विराटनगरको न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका नियूक्त

विराटनगरको न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टरमा डा.रोका नियूक्त

विराटनगर, ३० जेठ । विराटनगरको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बोर्ड अफ डाइरेक्टर अन्तर्गत मेडिकल डाइरेक्टरमा डा. यमबहादुर रोका नियूक्त भएका छन् ।

न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा बिगत १० बर्ष देखि कार्यरत बरिष्ठ न्यूरो सर्जन डा. रोकालाई एक कार्यक्रमका बिच हस्पिटल संचालक बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार विष्टले मेडिकल डाइरेक्टरमा नियुक्त गरेका हुन् ।

न्यूरो सर्जन डा.रोकाले एक दशक भन्दा लामो समय देखि यस हस्पिटलद्वारा न्यूरो सर्जरीको क्षेत्रमा अतुलनिय योगदान पु¥याएको प्रशंसा गर्दै अस्पतालका संचालक डा. बिष्टले मेडिकल डाइरेक्टरमा डा. रोकालाई न्यूक्त गरिएको बताए ।

नवनियूक्त मेडिकल डाइरेक्टर तथा बरिष्ठ न्यूरो सर्जन डा. रोकाले मेडिकल डाइरेक्टर जस्तो गरिमामय पदमा भुमिका उपलब्ध गराईएकोमा अस्पताल प्रति आफु कृतज्ञ भएको बताए ।
यस भन्दा अगाडि ४ जना हस्पिटलको बोर्ड अफ डाइरेक्टरमा थिए । जस मध्ये हस्पिटलको संचालक डा.बिरेन्द्र कुमार बिष्ट , कार्यक्रारी निर्देशक अनिषा विष्ट , अपरेसनल डाइरेक्टर राजेस भट्टराई र हस्पिटल डाइरेक्टर ई. रंजितराज बस्नेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्