कान्तिपुर स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण

कान्तिपुर स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण

विराटनगर, ३० जेठ । विराटनगर १० मा रहेको कान्तिपुर सेकेण्डरी स्कूलले निःशुल्क शिशु स्वास्थ्य परिक्षण गराएको छ ।

न्यूरो हस्पिटल विराटनगरको सहयोगमा बिहिवार स्कूलमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरेको हो । स्कूलमा न्यूरो हस्पिटलका वालरोग विशेषज्ञ सुरेशप्रसाद साह र दन्त रोग विशेषज्ञ रवी श्रेष्ठले स्वास्थ्य परिक्षण गरे ।

परिक्षणका क्रममा स्त्रीरोग विशेषज्ञ रेणुका राठी एवं छाला रोग विशेषज्ञ सुनिता कार्की लगायतको समूहले अभिभावकहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना दिएको स्कूलका भाइस प्रिन्सिपल देबीलाल महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्