सुनसरीको शान्तिवनमा विज्ञान प्रबिधि प्रदर्शनी शुरु, उत्कृष्ट हुनेले एक लाख पाउने

<span class='c1'>सुनसरीको शान्तिवनमा विज्ञान प्रबिधि प्रदर्शनी शुरु,</span> <span class='c2'>उत्कृष्ट हुनेले एक लाख पाउने</span>

विराटनगर, ३१ जेठ ।
सुनसरीको शान्तिवनमा तीनदिने विज्ञान प्रबिधि प्रदर्शनी शुरु भएको छ ।

बिहिवारदेखि शुरु भएको प्रदर्शनीमा ४० बढी स्टलहरु राखिएको छ । १ नम्बर प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले विज्ञान प्रदर्शनी मेलाको उद्घाटन गरे । विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री कुसियेतले अहिले प्रदेश १ कै नमुना कामको रुपमा एभरेष्ट साईन्स सेन्टरले काम शुरु गरेको बताए ।

बालबालिकाको ईच्छा र चाहना बढी रहेको अबस्थामा यसरी बिज्ञान प्रबिधिको प्रदर्शनीबाट बालबालिकाले आफुले जानेको यन्त्र उपकरण प्रदर्शनीमा राख्न पाउने मात्र नभई कसले राम्रो प्रदर्शनी गर्ने भन्ने बिषयले प्रतिस्पर्धी बनाएको बताए । अहिलेको आबस्यकता बिज्ञान र प्रबिधिको भएको बताउँदै त्यही आबस्यकतालाई पुरा गर्नका लागि यो बिज्ञान प्रदर्शनी मेला सफल हुने आशा ब्यक्त गरे ।
मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको काम बिज्ञान र प्रबिधिसँग पनि जोडिएकोले बालबालिकालाई बिज्ञान र प्रबिधि प्रतिको आर्षणलाई बढाउनको लागि सहकार्य गरिएको जानकारी दिए । मन्त्रालयको सहकार्यमा आयोजना गरिएको मेलामा ९ जिल्लाका बिद्यालयका बालबालिका बिच प्रतिस्पर्धा हुनेछ ।
एभरेष्ट साईन्स सेन्टरका संचालक दिलिप अधिकारीले प्रदर्शनीपछि उत्कृष्ठ बिद्यालयहरु मध्येबाट एउटा बिद्यालयलाई १लाख नगद सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको जानकारी दिए । बिहिवारदेखि शुरु भएको बिज्ञान प्रबिधि प्रदर्शनी शनिवारसम्म संचालन हुने अधिकारीले बताए । प्रदर्शनीमा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनुषा, ललितपुर, काठमाडौँ र भक्तपुरका बिद्यालयहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्